ढुंगा, गिटी र बालुवा निर्यात गरी व्यापारघाटा कम गर्ने नीति राष्ट्रघाती : उपेन्द्र यादव

254

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारले बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात वा निकासी गरी व्यापारघाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताएका छन् ।

यादवले बुधबार एक विज्ञप्ति जारी गर्दै नवढनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर, यसबाट सबैभन्दा बढी प्रभाव रहेको चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई÷मधेशमा ठूलो प्राकृतिक संकट आउने उल्लेख गरेका छन् ।

“यसले नकरात्मक पर्यावरणीय असर पार्नेछ जसको मूल्य तराई÷मधेशमा बसोबास गर्ने जनताले चुकाउनु पर्नेछ । व्यापारघाटा गर्ने नाममा ढुंगा, गिटी र बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको छ,” यादवले विज्ञप्तिमा भनेका छन् ।

भरपर्दो वैज्ञानिक, पर्यावरणीय तथा वातावरणीय अध्ययन नगरी ल्याइएको ढुंगा, गिटी र बालुवा उत्खनन् गरी निर्यात गर्ने कार्य बन्द गरिनुपर्ने उनले माग राखेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...