गिटी, बालुवा बेचेर व्यापारघाटा हल हुँदैन : भट्टराई

232

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हाम्रो बजेट विमर्शको स्तर दयनीय रहेको बताएका छन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका डा.भट्टराईले सामाजिक सञ्जालमार्फत् बजेटबारे टिप्पणी गर्द अल्पविकास, बेरोजगारी, परनिर्भरताको दुश्चक्रमा पसेको अर्थतन्त्रको गुणात्मक रुपान्तरणका निम्ति संरचनात्मक परिवर्तनको एजेन्डा नभएको बताएका छन् ।

नेपालको बजेट प्रचारमुखी हुने उनको भनाइ छ । केही शीर्षकका भत्ता बढ्दा बजेटले प्रशंसा पाउने भन्दै उनले प्रचारमुखी बजेट देशका लागि उपयोगी नहुने बताएका छन् । चुरेको गिटी, बालुवा बेचेर व्यापारघाटा कम हुन नसक्ने उनको भनाइ छ ।

नेपालको बजेट प्रचारमुखी हुने उनको भनाइ छ। केही शीर्षकका भत्ता बढ्दा बजेटले प्रशंसा पाउने भन्दै उनले प्रचारमुखी बजेट देशका लागि उपयोगी नहुने बताए।  चुरेको चुरेका गिट्टी, बालुवा बेचेर व्यापारघाटा कम हुन नसक्ने उनको भनाइ छ।

“हाम्रो राष्ट्रवादको विमर्शमा खट्केको कुराः भौगोलिक राष्ट्रवाद वा सिमानावारे पूरै देश एकढिक्का हुन्छ । राम्रो ! तर, अर्थराजनीतिक राष्ट्रवाद,जुन जनताको जीवनमा बढी जोडिन्छ त्यसबारे खै चेतना÷आवाज ? श्रम निर्यातः वस्तु आयात ९२%, निर्यात ८% ! बालुवा÷ढुंगा निर्यातः मेशिन÷मोटर आयात ! समग्र सोच खै ?”

Share This:
सम्बन्धित खबर
Loading...