लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
प्रदेश सरकारले बजेट तयारी गरिरहेका कारणा प्रदेशसभामा बजेट पेस गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बुझिएको छ ।
पछिल्लो पटक मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्तिसँगै उनको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।