एम्बुलेन्स दुर्घटनमा १ जनाको मृत्यु

233

पाँचथर । जिल्ला पाँचथर फिदिम नगरपालिका-३ सुङनिमाचौकस्थित एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।

आज बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नम्बर १-०१-००१ च ७७०६ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो ।

सो दुर्घटनामा जिल्ला पाँचथर याङवरक गाउँपालिका-२ बस्ने ५० वर्षीया ममता राई, सोही स्थानका १९ वर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा-३ का ५५ वर्षीय डोड कुमार राई घाईते भई उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो ।

घाइतेमध्ये ममता राईको सोही अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको छ भने अन्य घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ सिहापुर का २८ वर्षीय विरेन्द्र धिताल जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...