चेल्सीलाई च्याम्पियन लिगको उपाधि

412

एजेन्सी । चेल्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै युरोपेली च्याम्पियन लिगको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा चेल्सीले अर्को अर्को प्रिमियर लिग क्लब सिटीलाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । जितसँगै चेल्सीले च्याम्पियन लिग उपाधि संख्या २ पुर्याएको छ । पछिल्लो पटक चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

पोर्चुगलमा भएको फाइनल खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जको गोल निर्णायक बन्यो । उनले खेलको ४२औँ मिनेटमा मेसन माउन्टले आफ्नै हाफबाट दिएको उतकृष्ट थ्रु पासलाई हाभर्ट्जले गोलरक्षक एडरसन मोराएसलाई छलाउँदै गोल गरेका थिए ।

वैकल्पकि खेलाडीका रुपमा मैदान प्रवेश गरेका फर्वाड सर्जियो अगुवेरोले सिटीका लागि अन्तिम खेल हारका साथ अन्त्य गरेका छन् ।

म्यान्चेस्टर सिटीले भने पहिलो पटक च्याम्पियन लिग फुटबलको उपाधि जित्नबाट चुकेको छ । पेप ग्वार्डिवालाले पहिलो पटक सिटीलाई फाइनलमा स्थान बनाए पनि उपाधि भने जिताउन सकेनन् ।

Share This:
सम्बन्धित खबर
Loading...