काठमाडौं । सरकारले सांसद् कन्द्रित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारी नियन्त्रणका लागि बजेट आवश्यक भएको भन्दै स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको जानकारी गराए ।
चौतर्फी विरोध भइरहे पनि सरकारले अध्यादेशमार्फत् आउँदो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको हो ।