कांग्रेस प्रवक्ता शर्मा कोरोना संक्रमणमुक्त

563

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना भाइरस संकमणमुक्त भएका छन् ।

सामाजिक सञ्जालमार्फत शर्माले आफू र परिवारका सदस्य निको भएको जानकारी दिएका हुन् ।

“कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौं हामी ! शारीरिक कमजोरी केही समय रहला तर, अब संक्रमणमुक्त बनेका छौं,” शर्माले ट्विटरमा लेखेका छन्,“सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारी छौँ । कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपील गर्दै, संक्रमितहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौं ।”

शर्मालाई गत वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...