कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, थप ८ हजार ९८० जनामा कोरोना पुष्टि

463

काठमाडाैं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ९८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १२९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १९ हजार ३५७ आरटी पिसिआर र ७४८ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

शुक्रबार देशभर ८ हजार ८४८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ८ हजार ८४८ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ८३ हजार ६८४ जना पुगेको छ । निको हुने दर ७५.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १२९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...