७ हजार ८९० जना संक्रमणमुक्त, निको हुने दर ७५ दशमलव ४ प्रतिशत

367

काठमाडौं । २४ घन्टाको अवधिमा देशभरबाट ७ हजार ८ सय ९० जनाले कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९० जना कोरोना भाइरसमुक्त भएका हुन् ।

योसँगै हालसम्म कोरोना जित्नेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ जना पुगेको छ । निको हुने दर ७५.४ प्रतिशत रहेको छ ।

नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ६ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ७७ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...