काठमाडौं उपत्यकामा एकैदिन ६७ जनाको मृत्यु, ३ हजार २३२ कोरोना पुष्टि

383

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार २ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ६ सय, ललितपुरमा ४ सय ३ र भक्तपुरमा २ सय २९ जना गरी उपत्यकामा ३ हजार २ सय ३२ जना संक्रमित भेटिएको हो ।

हालसम्म काठमाडौंमा २५ हजार ५८, भक्तपुरमा ४ हजार ८ सय ६० र ललितपुरमा ६ हजार ८ सय १७ जना संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ६७ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौंमा ५९, ललितपुरमा १३ र भक्तपुरमा ५ जनाको ज्यान गएको छ ।

देशभरबाट २४ घन्टाको अवघिमा ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने ६ हजार ५ सय ४३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...