२४ घन्टामा थपिए ८ हजार ३०५ संक्रमित, ६ हजार ५४३ जना कोरोनामुक्त

काेराेना अपडेट

397

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ९० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २१ हजार ६ सय ९५ आरटी पिसिआर र ३ सय ९२ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ हजार ६ सय, ललितपुरमा ४ सय ३ र भक्तपुरमा २ सय २९ जना गरी उपत्यकामा ३ हजार २ सय ३२ जना संक्रमित थपिएका छन् ।

बिहीबार देशभर ६ हजार ५ सय ४३ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ५ सय ४३ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ जना पुगेको छ । निको हुने दर ७५.१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ९० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...