कोरोनाविरुद्धको खोप प्रदान गर्न बेलायतलाई प्रधानमन्त्रीको अनुरोध

431

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग कोरोना खोप सहयोग मागेका छन् ।

बिहीबार बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा उनले नेपाली नागरिका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाइँमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको थापाले बताए ।

केहीदिन पहिले प्रधानमन्त्री ओलीले बेलायतबाट प्रकाशित हुने ‘दि गार्डियन’ पत्रिकामा एक लेख प्रकाशित गरी नेपाललाई सहयोगका लागि आग्रह समेत गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...