काठमाडौं । चीनको स्वायत्त प्रदेश तिब्बतले कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन नेपाललाई आपतकालीन स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दिएको जानकारी अनुसार तिब्बतले नेपाललाई ३० हजार लिटर अक्सिजन (तरल) र ८ सय थान अक्सिजन सिलिन्डरसहित विभिन्न आपतकालीन स्वास्थ्य सामग्री दिने भएको हो ।
अन्य सामग्रीहरुमा १० थान अक्सिजन कन्सेन्ट्रेटर, ५ वटा भेन्टिलेटर, २ सय वटा आइसियू बेड र १५ हजार एन्टिजेन किट उपलब्ध गराउने राजदूत यान्छीले बताइन् ।
The TAR of China is providing Nepal with 30,000 Liters liquid oxygen, 800 filled oxygen cylinders, 10 oxygen concentrators, 5 ventilators, 200 ICU beds and 15,000 antigen kits in an emergency!💪💪 pic.twitter.com/gqFu8BspDx
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 20, 2021