काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा २ हजार ४ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १ हजार ९ सय ८८, ललितपुरमा २ सय ७० र भक्तपुरमा २ सय २८ जना गरी उपत्यकामा २ हजार ४ सय ८६ जना संक्रमित भेटिएको हो ।
देशभरबाट २४ घन्टाको अवघिमा ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।
पछिल्लो २४ घन्टाको अवधिमा २ सय ४६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ६ सय ५७ पुगेको छ ।