केन्द्र सरकारसँग कुनै विवाद छैन : मन्त्री शाह

427

कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले केन्द्र सरकारसँग प्रदेश सरकारको कुनै विवाद नरहेको बताएका छन् ।

कोरोना सङक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आज कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सरोकारवालाहरुसँगको छलफलमा उनले केन्द्र सरकारसँग कुनै पनि विवाद नरहेको र समन्वयका लागि प्रदेश सरकार सदैव तयार रहेको बताए ।

उनले प्रदेश सरकारले कोष स्थापना गरेर कोरोना रोकथामका लागि विभिन्न कामहरु गर्दै आइरहेको बताए , “प्रदेशको कोरोना रोकथाम तथा न्यूनिकरणका लागि प्रदेश सरकारले हालसम्म रु ६९ करोड खर्च गरिसकेको छ,” । मन्त्री शाहले भने ।

छलफलमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोना रोकथामका लागि प्रदेश सरकारले थुप्रै कामहरु सुरु गर्न खोजेको भएतापनि खरिद प्रक्रिया ढिलो हुनु र मन्त्रालयका कर्मचारीहरुको ढिलासुस्तीका कारण अपेक्षितरुपमा प्रदेश सरकारको काम देखिन नसकेको बताए ।

संघका अध्यक्ष पुष्पराज कुँवरले तीन तहका सरकारबीच समन्वय अभाव हुँदा जनता मारमा परिरहेको बताए।

Share This:
सम्बन्धित खबर
Loading...