बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन केयूको सिफारिस

304

काठमाडौं । काठमाडौं विश्वविद्यालय(केयू)ले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दवावमा केयूको ८९औँ बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेसम्म कलेजको निरीक्षण गरेको थियो ।

३१ वैशाखमा बसेको केयू कार्यकारी परिषद्को ६२५औँ बैठकले निरीक्षण प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३(६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...