उपत्यकामा एकैदिन थपिए ३ हजार ३४९ संक्रमित, ६७ जनाको मृत्यु

233

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ३ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४ सय ५८, ललितपुरमा ५ सय ५६ र भक्तपुरमा ३ सय ३५ जना गरी उपत्यकामा ३ हजार ३ सय ४९ संक्रमित भेटिएको हो ।

हालसम्म काठमाडौंमा ३० हजार ४ सय ५२, भक्तपुरमा ४ हजार ८ सय ९१ र ललितपुरमा ७ हजार ६१ जना संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ६७ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौंमा ४८, ललितपुरमा ११ र भक्तपुरमा ८ जनाको ज्यान गएको छ ।

देशभरबाट २४ घन्टाको अवघिमा ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने ६ हजार १ सय ३५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...