कोरोना संक्रमणबाट मोरङमा एकैदिन ११ जनाको मृत्यु

572

विराटगनर । मोरङमा कोरोना संक्रमणबाट बुधबार एकैदिन ११ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

नोबेल अस्पतालमा ४, विराट मेडिकल कलेजको कोभिड उपचार केन्द्रमा २, कोसी अस्पतालको कोभिड उपचार केन्द्र र न्युरो अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत एक–एक र होम आइसोलेसनमा रहेका तीन जना गरी जम्मा ११ जना रहेका छन् ।

नोबेल अस्पतालमा सुनसरीको इनरुवा–१ का ७५ वर्षीय पुरुष, सप्तरीकी ५५ वर्षीया महिला, विराटनगर–९ की ८० वर्षीया महिला र विराटनगर १० का ४६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यस्तै, विराट मेडिकल कलेजमा विराटनगर–९ का ५२ वर्षीय पुरुष र सिरहाको लहान–१ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोसी अस्पतालमा विराटनगर–१२ का ८० वर्षीय पुरुष रहेको अस्पतालका संयोजक एपोलो भगतले बताए । यस्तै, न्युरो अस्पतालमा विराटनगर–६ का ३९ वर्षीय पुरुष रहेका छन् ।

वैशाख १६ गते संक्रमित पुष्टि भएका विराटनगर–१३ का ५८ वर्षीय पुरुष, वैशाख २७ गते संक्रमित पुष्टि भएका सुन्दरहरैँचा नगरपालिका–१२ का ७९ वर्षीय पुरुष र जहदा गाउँपालिका ६० वर्षीय पुरुषको होम आइसोलेसनमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...