इटहरीमा निषेधाज्ञा थप कडाइ, अस्पताल र औषधि पसलबाहेक सबै बन्द

541

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रमा कोरोना भाइरसकाे संक्रमण दर तीव्ररूपमा बढ्दै गएपछि त्यसकाे राेकथाम तथा नियन्त्रणका लागि औषधि पसल र अस्पतालबाहेक अन्य व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेकाे  छ ।

बुधबार बिहान १० बजेदेखि जेठ ४ गते मध्यराति १२ बजेसम्म औषधि पसल र अस्पतालबाहेक अन्य व्यवसाय सञ्चालनमा रोक लगाइएको उपमहानगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा फलफूल र दुध डेरी पसल भने बिहान १० बजेसम्म सञ्चालन गर्न पाइने जनाइएको छ ।

नगर क्षेत्रमा वैशाख २६ गतेसम्म ५ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न पनि नगरवासीलाई सचेत गराइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...