काठमाडौं । यस वर्षको एसइई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कोरोनाको महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका करण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
यस वर्षको एसइई जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै करण यी दुवै परीक्षा सारिएको थियो ।
स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरुले आ–आफ्ना सुझाव दिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने शिक्षामन्त्रीका प्रेस सल्लाहकारा ईश्वरराज ढकालले जानकारी दिए ।