काठमाडौँ, ७ असोज । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१५ रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।