उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

19

काठमाडौँ, १० चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उहाँहरूले उपराष्ट्रपति यादवसँग आज सामूहिक भेट गर्नुभएको हो । भेटमा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबिच शुभकामना आदान–प्रदानपश्चात देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...