कर्णालीमा एसइईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै

12

सुर्खेत, ६ फागुन । माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णालीमा १६१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ती परीक्षा केन्द्रहरुमा कर्णालीका ३८ हजार विद्यार्थी परीक्षा दिने भएका छन् ।

एसइईका लागि सबैभन्दा धेरै सुर्खेतबाट नौ हजार ७७९ र सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी परीक्षमा सहभागी हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालले जानकारी दिनुभयो ।

एसइईका लागि सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुमपश्चिमबाट तीन हजार ९२२ र कालीकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

त्यस्तै, जुम्लाबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् ।

चैत्र १९ गतेदेखि हुने एसइई परीक्षमा कर्णालीका ३२ हजार २५५ नियमित र छ हजार १२४ जनाले ग्रेडवृद्धि गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...