हेलिकोप्टर दुर्घटना अपडेट : घाइते दुई जनाको काठमाडौँस्थित ह्याम्स अस्पताल उपचार हुँदै

22

काठमाडौँ, ४ फागुन । खोटाङको बालबेँसीमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौँ ल्याइएको छ ।

विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनामा १ जना यात्रु घाइते भएका थिए । घाइते यात्रु र पाइलटलाई हेलिकोप्टरमार्फत तत्काल उद्धार गरी उनीहरूलाई थप उपचारका लागि दिउँसो १२ः४२ बजे काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।

अवतरणका क्रममा दुर्घटनामा परेको हेलिकोप्टरले काठमाडौँबाट ६ जना लिएर उडेको थियो । उक्त हेलिकोप्टर बुधबार बिहान ११ः०९ बजे अवतरण गर्ने क्रममा असन्तुलित भइ जमिनमा पल्टिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, कल साइन एन–एएफक्यु रहेको उक्त हेलिकोप्टर काठमाडौँबाट ५ जना यात्रु र १ जना पाइलट गरी कुल ६ जना लिएर खोटाङको बालबेँसी (खानिडाँडाबाट १७ किलोमिटर उत्तर–पूर्व) का लागि उडेको थियो ।

खोज तथा उद्धार समन्वय केन्द्रले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ । हेलिकोप्टर अवतरणका क्रममा किन असन्तुलित भयो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।

Share This:
सम्बन्धित खबर
Loading...