इलाम–१ मा काङ्ग्रेसका निश्कल राई विजयी

21

इलाम, २५ फागुन । इलाम क्षेत्र नम्बर १ बाट नेपली काङ्ग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । उहाँ ९११ मतान्तरले विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद कुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

चुनावी प्रतिस्पर्धामा रहनुभएका नेकपा (एमाले)का काजिमान कागतेले ११ हजार ९६६, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले नौ हजार १६० तथा नेपाली कम्युनिष्ट पार्टीका रण बहादुर राईले सात हजार ६६५ मत प्राप्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...