सङ्खुवासभामा मतगणना सुरू

67

खाँदबारी, २३ फागुन । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरू भएको छ । जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि मतगणना सुरू गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो ।

जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मतगणनाका सुरू गरिएको छ । दिउँसो १२ः१५ बजेदेखि सुरू हुने भनिएको गणना केही समय ढिला भएर थालिएको हो ।

दुर्गम तथा विकट मानिने भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका ढिला आइपुगेका कारण मतगणना आज मात्रै सुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक अस्थायीसहित १६५ मतदान केन्द्र रहेको जिल्लाका १२४ मतदान केन्द्रको मतपेटिका सडकमार्ग हुँदै मतपेटिका सङ्कलन गरिएको हो । मतगणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था छ । मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...