चितवन, २१ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १४ शान्तिपुरस्थित नेपाल पुुलिस स्कुल मतदान केन्द्र ‘क’बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
संयोजक दाहालले भन्नुभयो, “समृद्धितर्फको यात्रा निर्धारण गर्न यो निर्वाचन महत्त्वपूर्ण छ । उत्साहका साथ निर्वाचनमा सहभागी हुन आम मतदातालाई मेरो आग्रह छ ।”