लमजुङमा काङ्ग्रेसको अग्रता

19

लमजुङ, २२ फागुन । एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ ।

मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली काङ्ग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १७७ मतका साथ अग्रता लिनुभएको छ ।

यस्तै नेकपा (एमाले)का पृथ्वी सुब्बा गुरुङले ११८, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ११०, नेकपाका उम्मेदवार हरिजङ्ग तामाङले ३४ र श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले १३ मत प्राप्त गर्नुभएको छ । दूधपोखरी गाउँपालिका–४ मा रहेको दुई मतदान केन्द्रमा खसेको ४९५ मत गणना सम्पन्न भएको हो ।

जिल्लामा एक लाख ३७ हजार १२४ मतदातामध्ये ७५ हजार ८५ मत खसेको थियो । यहाँ १३० मतदानस्थल तथा १९२ मतदान केन्द्र रहेका थिए । यस क्षेत्रबाट २०७९ सालको निर्वाचनमा एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङ विजयी हुनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...