सुर्खेत, २२ फागुन । रुकुम पश्चिम जिल्लामा पनि मतगणना सुरू भएको छ । पहिलो चरणको एक हजार मत गणना हुँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले सुरुवाती अग्रता लिनुभएको छ ।
शर्मालेले ४१२ मत ल्याएर सुरुवाती अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का गोपाल शर्माले २८७ मत ल्याउनुभएको छ ।
नेपाली काङ्ग्रेसका राजु केसी ८८ मतले तेस्रो र रास्वपाका मानबहादुर शाही ४२ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।