काठमाडौँ, २२ फागुन । धनुषाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झाले अग्रता लिनुभएको छ ।
पछिल्लो मतगणना परिणामअनुसार उहाँले ६ हजार ४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, नेपाली काङ्ग्रेसका बिमलेन्द्र निधिले २ हजार २६९ मत प्राप्त गर्दा तेस्रो नम्बरमा नेकपा (एमाले) रहेको छ । नेकपा (एमाले)की नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार १९० मत प्राप्त गर्नुभएको छ ।