रुकुम पूर्व, २२ फागुन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक हजार ४१५ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतमले ४३१ र नेपाली काङ्ग्रेसकी कुसुमदेवी थापाले ४१७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले राससलाई जानकारी दिनुभयो ।