काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राख्नुभएको छ ।
सोविताले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाउनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले १ हजार ७८६ मतले पछ्याइ रहनुभएको छ ।
एमाले उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा रहनुभएको छ । उहाँले ५३५ मत पाउनुभएको छ भने काङ्ग्रेसका टेकप्रसाद गुरुङले २७६ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।