जनकपुर, १९ फागुन । धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा बिस्फोटक पदार्थ पड्किँदा दुई जना स्थानीय बालक घाइते भएको छ ।
बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेको दुई जना स्थानीय बालकको खुट्टाले छोएपछि उक्त वस्तु बिस्फोट भएको हो ।
बिस्फोटमा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दुवै खुट्टामा सामान्य चोट लागेको छ भने ८ वर्षीय सुशील माझीको शरीरका विभिन्न अंगहरुमा सामान्य चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरीको एक टोली उक्त स्थानमा पुगेर अनुसन्धान सुरू गरेको छ । अहिलेसम्म बिस्फोट भएको वस्तुको यकिन हुन नसकेको धनुषा प्रहरीको भनाइ छ ।