मकवानपुरमा ट्रक र बस एक आपसमा ठोक्किँदा १४ जना घाइते

15

काठमाडौँ, १५ फागुन । मकवानपुरमा चामल लोड गरिएको ट्रक र यात्रुवाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्वपश्चिम सडक खण्डबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र ०६–००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र १–०१–००१ ख ४७६८ नम्बरको यात्रुवाहक बस बिहीबार राति ११ः४० बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मनहरी मकवानपुरबाट खटिएका प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अहिले चुरे हिल अस्पताल हेटौँडामा उपचार भइरहेको छ ।

घटनाबारे अन्य विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...