खाँदबारी, २३ माघ । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घन्टापछि आगो निभाइएको थियो ।