राससकर्मी जिएमलाई हरिजमुना पत्रकारिता पुरस्कार

23

बाँके, १० माघ । बाँकेबाट राष्ट्रिय समाचार समिति (रासस)का निम्ति स्थानीय समाचारदाताका रूपमा क्रियाशील रुपनी जिएमलाई यस वर्षको हरिजमुना पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रमा स्वतन्त्र पत्रकार सङ्घले पाँच हजार १५१ रूपैयाँ राशिको उक्त पुरस्कार उहाँलाई प्रदान गरेको हो । पत्रकार जिएमसँगै त्यति नै राशिको पुरस्कार न्युज–२४ टेलिभिजनका बाँके समाचारदाता भगतराम थारुलाई प्रदान गरिएको छ ।

समाजसेवी माधवी शाहले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको पुरस्कार स्वतन्त्र पत्रकार सङ्घले प्रदान गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...