पाल्पामा चुनावी चहलपहल

12

पाल्पा, ३ माघ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ ।

यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले युवा पुस्ता त्यसका निम्ति उपयुक्त भएका बताउँदै राजनीतिक दलहरूले पनि युवालाई प्राथमिकताका साथ उम्मेदवार बनाउनुपर्ने अभिमत जाहेर गरेका छन् ।

यही माघ ६ गते हुने उम्मेदवार मनोनयनको लागि आवश्यक कर्मचारीहरु काममा खटिसकेका छ । यहाँको क्षेत्र नम्बर १ मा ९८ हजार ३८३ जना मतदाता छन् । जिल्लामा मतदानस्थल ५२ र ११७ मतदान केन्द्र कायम भएका छन् । क्षेत्र नम्बर २ मा एक लाख नौ हजार ५३ जना मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र कायम भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...