सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

7

मध्यबिन्दु, ३ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नम्बरको पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको ग प्र ०४–००१ प ९१०६ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।

घाइतेमध्ये स्कुटर चालक रुकुम जिल्लाको मुसिकोट नगरपालिका–८ घर भइ हाल देवचुली नगरपालिका–९ मामा घर बस्दै आएका २६ वर्षीय चेतनबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका स्कुटर पछाडि सवारी देवचुली नगरपालिका ८ बस्ने वर्ष २१ का नारायण परियारको उपचार भइरहेको जनाइएको छ । ठक्कर दिने पिक अप भेन र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...