जेनजी सहिदकी दिदी सुशीला भन्नुहुन्छ– ‘मेरो भाइको नाममा सालिक बनाइयोस्’

20
  • बुनु थारु

काठमाडौँ, २७ पुस । पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ २४ गते करिब ११ बजेतिर सुशीला चौधरीलाई भाइ विजयले कल गर्नुभयो । हालखबर सोध्दै जितिया मनाउन र काठमाडौँ घुम्न आउनु भनेर प्रस्ताव गर्नुभयो । सुशीलाले जेनजी आन्दोलन शान्त भएको केही दिनपछि जाने सोच गर्नुभएको थियो । फोनमै सुशीलाले विजयलाई आन्दोलनमा नजान र घरमै बस्न आग्रह गर्नुभएको थियो ।

तर, दिदीभाइ कुरा भएको केही घण्टापछि अप्रिय खबर सुन्न थालियो । भाइ बुहारी (विजयकी श्रीमती) को आत्तिएको स्वरमा फोन आयो, “दिदी विजयलाई कल गर्दा अर्कै मान्छेले फोन उठाइरहेको छ । उसलाई गोली लागेर सिभिल अस्पताल लगेको छ रे । के गर्ने ?” विजयलाई छातीमा गोली लागेको थियो । विजय नयाँ बानेश्वरस्थित संसद् भवनको पछाडि रहेको बेला उहाँमाथि गोली प्रहार भएको थियो ।

हेटौँडामा बस्दै आउनुभएकी सुशीला सोही दिन जानसक्ने अवस्था थिएन । उहाँ भोलिपल्ट विजयका साथीसँग सिभिल अस्पतालमा भाइको खोजीका लागि जानुभयो । सबै वार्ड हेर्दा पनि विजय भेटिनुभएन । कसैले एकपटक त्रिवि शिक्षण अस्पताल जानु भनेर भन्यो । सुशीलाले भोलिपल्ट भाइको शव देख्नुभयो ।

सुशीला भावुक हुँदै भन्नुहुन्छ, “घरको सबै जिम्मेवारीको उसले लिएको थियो । जेठो भाइलाई पनि पढाएको थियो । घरको एक्लो खम्बा ढल्यो । ऋण लिएर भाइले घर बनाएको थियो । मेरो बिहेमा पनि उसले आर्थिक सहयोग गरेको थियो ।”

सिरहा लहान नगरपालिका–१५ का २६ वर्षीय विजय हरिप्रसाद र जलेश्वरीका कान्छा छोरा हुनुहुन्छ । काठमाडौँको जडीबुटी बस्ने विजय विगत १० वर्षदेखि इलेक्ट्रिसयनका रूपमा काम गर्दै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । सामान्य किसान परिवारमा जन्मिनुभएका विजयले घरपरिवार हेर्न भनेर नै ‘प्लस टु’ पछि पढाइ छोड्नु परेको थियो । आफूले नपढे पनि दाइलाई पढाउँछु भनेर घरको रेखदेखसँगै दाइ अजयलाई उहाँले इञ्जिनियरिङ पढाउन सहयोग गर्नुभएको थियो ।

विजय बितेपछि चौधरी परिवार शोकमा डुबेका छ । परिवारले अब गर्ने भनेर सोच्न सकेका छैन । इञ्जिनियिरिङको पढाइ सकेर बस्नुभएका विजयका दाइ अजय कामको खोजीमा हुनुहुन्छ ।

गाउँले र अन्य चिनेजानेकाले अजय र विजयलाई सँगै देख्दा यही भन्थे– अनुहार पनि उस्तै । आहा कस्तो मिलेका दाजुभाइ । ठ्याक्कै राम लक्ष्मणजस्तो । मीठो बोली व्यवहार ।

हुन पनि वियज परिवारप्रति व्यावहारिक र जिम्मेवार हुनुहुन्थ्यो । त्यसैले उहाँ सबैको प्यारो हुनुहुन्थ्यो । आमाबुवाको आँखामा उहाँ हिरा हुनुहुन्थ्यो । अहिले कसैले भाइको बारेमा सोध्दा बोल्न गाह्रो हुन्छ अजयलाई । मनमा गाँठो पर्छ । अजय भावविह्ल हुँदै भन्नुहुन्छ, “उसको कुरा गर्दा पनि आँसु आउन खोज्छ । म कहिल्यै नरुने मान्छे । उसको मृत्युले मलाई धेरै रुवाएको छ । ऊ हुँदा केही कुराको पनि तनाव हुँदैन थियो । ऊ नभएपछि घरको सहारा नै टुटेको छ ।”

अजय मानिसलाई पुनःजीवन गराउने कुनै मेसिन भएको भए भाइलाई फेरि जीवित भएको देख्न पाए हुन्थ्यो भनेर कल्पिनुहुन्छ । “मेरो भाइ सीपयुक्त थियो । राम्रो कमाउँथ्यो । घरको सबै जिम्मेवारी लिएको थियो । मलाई पढाएको थियो । मैले जति अरु कसले गुमायो होला र ?” उहाँ बोल्दा बोल्दै रोक्किनुहुन्छ ।

विजयका आफन्त दाइ अमित चौधरी विजयलाई इमान्दार व्यक्तिका रूपमा सम्झिनुहुन्छ । अमित भन्नुहुन्छ, “देशको बलिदानका लागि लडेको थियो । सरकारले प्रतिबद्धता गरेको सबै चिज प्राप्त गरोस् उसको परिवारले ।”

विजयका बुवा दमको रोगी हुनुहुन्छ । आमाको स्वास्थ्य अवस्था पनि त्यति सन्तोषजनक छैन । घरको एक्लो सहारा रहनुभएका विजय नभएपछि उहाँको तीन वर्षको छोरीको भविष्य अन्योल छ । विजयकी दिदी सुशीला सरकारले बुहारीलाई रोजगारी दिनुपर्ने र छोरीको उच्च शिक्षासँगै स्वास्थ्य बिमाको पनि सुनिश्चितता गर्दिनुपर्ने बताउनुहुन्छ ।

जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका विजय अब सम्झनामा मात्र हुनुहुन्छ । “सबै कुरा उसैले त हेरेको थियो । ऊ फर्केर आउँदैन थाहा छ । कम्तीमा उसको मृत्यु भएको ठाउँमा सरकारले सालिक बनाइदियोस्”, दिदी सुशीला भन्नुहुन्छ । –रासस

यो पनि हेर्नुहोस्

जेनजी आन्दोलनका सहिद : माल्टा जाने तयारीमा हुनुहुन्थ्यो योगबहादुर

जेनजी आन्दोलन : ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्कनुभएन…

जेनजी आन्दोलनका सहिद : ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

जेनजी आन्दोलन : सहाराविहीन भयो सहिद थापाको परिवार

जेनजी आन्दोलनका सहिद : ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

जेनजी आन्दोलनका सहिद : ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’

जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस्

जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…

जेनजी आन्दोलनका सहिद : ‘छोरासँगै सहारा खोसियो’

सहिद परिवारको माग– छानबिन होस् र छिटो न्याय पाइयोस्

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

जेनजी आन्दोलनका सहिद : ‘युवापुस्ताको आवाजको सम्मान गरियोस्’

जेनजी आन्दोलनका सहिद : एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति

जेनजी आन्दोलनका सहिद : आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ ?’

जेनजी आन्दोलनका सहिद : अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै

जेनजी आन्दोलनका सहिद : सन्तान गुमाउँदाको असह्य पीडा

जेनजी आन्दोलनका सहिद : ‘बाबालाई कस्ले गोली हान्यो ?’ छोराको प्रश्नले झस्काउँछ जानतीलाई

जेनजी सहिद : नयाँ बानेश्वरमा ढलेको सपना…

जेनजी आन्दोलनका सहिद : ‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी

जेनजी आन्दोलनका सहिद : कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता

जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

जेनजी आन्दोलनका सहिद : “चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ”

जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो

जेनजी आन्दोलनका सहिद : जेनजी सहिद परिवारको माग- दोषीमाथि अविलम्ब कारबाही होस्

जेनजी आन्दोलनका सहिद : हक्की र सहयोगी स्वभावका थिए कमल

जेनजी आन्दोलनका सहिद : सरकारले जागिर लगाइदिने आशामा सहिदकी पत्नी मञ्जु

जेनजी आन्दोलनका सहिद : उच्च शिक्षा पढाउने गौतम परिवारको अस्तायो सपना

जेनजी आन्दोलनका सहिद : सुशासन कायम गराउने आन्दोलनमा श्रीयमको बलिदानी

जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो

जेनजी आन्दोलनका सहिद : परिवारको भविष्यको चिन्तामा अमर प्रहरी अमृतको परिवार

जेनजी आन्दोलनका सहिद : परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन

सहिद बोहराकी आमा भन्नुहुन्छ– सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्

जेनजी आन्दोलनका अमर प्रहरी राय

जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ- ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ

वृद्धा बुवाआमा छाडेर जेनजी प्रदर्शनमा अस्ताए गोपाल

‘चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै’

Share This:
सम्बन्धित खबर
Loading...