ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रबिन्दु भएर भूकम्प

13

काठमाडौँ, १९ पुस । ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रबिन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठुला भूकम्प जाने गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...