नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत

16

काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ ।

शुक्रबार शीतल निवासमा शपथग्रहणपछि उहाँ सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणका क्रममा उहाँले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...