बडादसैँको टीका र जमरा लगाउने क्रम जारी

16

काठमाडौँ, १८ असोज । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज (शनिबार) टीका र जमरा लगाउनेक्रम जारी छ ।

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो वा सेतो टीका र जमरा लगाउने क्रम शनिबार पनि जारी छ। देशभर वर्षा भइरहेपनि नजिकका आफन्त वा मान्यजनकहाँ टीका लगाउनेहरुको आवतजावत जारी छ ।

आश्विन शुक्ल द्वादशीका दिन पनि मान्यजनका घरमा गएर नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरू भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...