तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन : मन्त्री सिन्हा

53

काठमाडौँ, ७ असोज । नवनिर्वाचित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले कानुन निर्माणको सन्दर्भमा पहिलो प्राथमिकता भनेको तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको भन्दै त्यसमा कुनै सम्झौता नहुने बताउनुभयो ।

कानुनी विषयमा केही संशोधन गर्नुपर्ने अवस्था रहेको र केही अन्य तयारीका लागि आवश्यक पर्ने कानुनहरुलाई परिमार्जन गर्नुपर्ने भएकाले अध्यादेशमार्फत् भए पनि चुनाव सम्पन्न गर्नका लागि त्यस्ता कानुनहरुलाई परिवर्तन गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कानुन निर्माणको सन्दर्भमा पहिलो प्राथमिकता भनेको चुनावी सरकार नै हो । चुनाव सम्पन्न गर्ने प्रतिबद्धता छ । तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने त्यसमा कुनै सम्झौता हुँदैन । यसमा केही कानुनी विषयहरु छन् । ती कानुनी विषयमा केही संशोधन गर्नुपर्ने अवस्था छ । केही अन्य तयारीका विषयमा आवश्यक पर्ने कानुनहरुलाई परिमार्जन गर्नुपर्ने भएको हुनाले अध्यादेशमार्फत् भए पनि चुनाव सम्पन्न गर्नको लागि त्यस्ता कानुनहरुलाई परिवर्तन गर्नका लागि आएको छु ।”

उहाँले यसअघि उद्योग वाणिज्य आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पनि जिम्मेवारी पाउनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...