खाँदबारी, २६ भदौ । जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि आदेश जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार लागु गरिएको कर्फ्यु आदेश आज साँझ ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कायम रहने छ ।
कर्फ्यु अवधिभर निषेधित क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत गर्न पाइने छैन । आदेश उल्लङ्घन गर्नेहरूलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिइ कारबाही गर्ने चेतावनी दिइएको छ ।