सभाखोला–लेगुवा सडकखण्डमा आगामी असोज १ गतेदेखि ‘टाइम कार्ड’

49

खाँदबारी, २३ भदौ । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला–लेगुवा सडकखण्डमा सवारी दुर्घटना रोकथाम तथा यातायात व्यवस्थापनका लागि टाइम कार्ड लागु गरिने भएको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पहिलोपटक सभाखोला–लेगुवा सडकखण्डमा कार्ड लागु गर्ने निर्णय गरेको हो । चाडपर्वको समयमा गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्ति निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ ।

सो सडकखण्डको १७.५ किमी सडकमा ४५ मिनेट समय कायम रहने प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । उहाँका अनुसार निर्णय आगामी असोज १ गतेदेखि कार्यान्वयन गरिने छ ।

जिल्लामा दैनिक दुई सय यात्रुवाहक तथा मालवाहक सवारीसाधन आवतजावत गर्छन् ।

Share This:
सम्बन्धित खबर
Loading...