हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

25

काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को वरीयातमा माथि रहेको उज्बेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत् उज्बेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र रहेको बताउनुभएको छ ।

“उज्बेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र हो, यो हारमा जितको सुगन्ध छ । यसले आगामी दिनमा सफलताको बाटो फराकिलो बनाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेर र उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर दुवै नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...