एसइईको नतिजा सार्वजनिक

31

काठमाडौँ, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

यस वर्षको परीक्षामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जिपिए ल्याएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

यसवर्ष प्रदेशगतरुपमा कोशी प्रदेशमा ४५ हजार ८३५ जना उतीर्ण, मधेस प्रदेशमा ५९ हजार ७४९ जना, बागमती प्रदेशमा १ लाख १९ हजार ५१७ जना, गण्डकी प्रदेशमा ४७ हजार ८४९ जना, लुम्बिनी प्रदेशमा ५७ हजार ६८७ जना, कर्णाली प्रदेशमा ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना ग्रेडिड भएका छन् ।

नतिजासम्बन्धी विवरणहरू एसएमएस, आइभिआर र वेबसाइटमार्फत् हेर्न सकिने बोर्डले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...