छोराको विलासी जीवन बाहिरिएपछि मंगोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

23

काठमाडौँ, २१ जेठ । सामाजिक सञ्जालमा आफ्ना छोराको विलासी जीवन बिताएको तस्बिरहरू देखा परेपछि मंगोलियाका प्रधानमन्त्री एल ओयुन एर्डिनले राजीनामा दिएका छन् ।

भ्रष्टाचार विरोधी अनुसन्धान र हप्तौँको व्यापक विरोधपछि एर्डिनले राजीनामा दिएका हुन् । एल ओयुन एर्डिनले मंगलबार संसद्‌मा विश्वासको मत गुमाएका थिए । उनलाई संसदका १२६ सदस्यहरूमध्ये कम्तिमा ६४ जनाको समर्थन आवश्यक थियो ।

विश्वासको मतदानको क्रममा गोप्य मतदानमा भाग लिने ८८ जना सांसदहरूमध्ये ओयुन एर्डिनले ४४ मत मात्र प्राप्त गरेका थिए ।

भाइरल तस्बिरहरूमा, ओयुन एर्डिनका छोरा र छोराकी प्रेमिका आफ्नो इन्गेजमेन्ट बिदामा कालो डायर ह्यान्डब्याग र धेरै किनमेल झोलाहरूसहित देखिएका छन् । प्रदर्शनकारीहरूले एर्डिनको परिवार कसरी यति विलासी जीवन बिताउन सक्छ भन्दै प्रश्न गरेका छन् ।

स्थानीय मिडियाहरुले देशको भ्रष्टाचार विरोधी निकायले उनीहरूको वित्तीय मामिलाको अनुसन्धान गरिरहेको छ बताएका छन् । एर्डिनले भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् र आफ्ना आलोचकहरूलाई उनीविरुद्ध धिक्कार अभियान चलाएको आरोप लगाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...