बाढीपहिरोले सभापोखरीमा यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध

50

खाँदबारी, २ जेठ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–४ मा बाढीपहिरोका कारण यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ ।

बिहीबार राति आएको बाढीपहिरोले सभापोखरी गाउँपालिकामा यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले जानकारी दिनुभयो ।

गएराति वर्षासँगै आएको बाढीपहिरोका कारण सभापोखरी गाउँपालिका–३, ४ र ६ लगायतका वडामा यातायात, विद्युत् र टेलिफोन अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चापागाईंले बताउनुभयो । बाढीपहिरोले विभिन्न वडाका सडक र विद्युत् पोल बगाएको छ । बाढीले पोल बगाएपछि त्यस क्षेत्रमा आज बिहानदेखि सेवा अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चापागाईंले बताउनुभयो ।

बाढीले सभापोखरी गाउँपालिका–४ मा निर्माणाधीन २१ मेगावाटको सभापोखरी हाइड्रोपावरमा समेत क्षति पुगेको छ । बाढी सभापोखरी हाइड्रोपावरको निर्माण सामग्री बगाएको छ । बाढीपहिरोले सभापोखरीका विभिन्न वडामा आधा दर्जन घर विस्थापित भएका छन् । बाढीबाट विस्थापित र क्षति विवरण सङ्कलन थालिएको छ । त्यस क्षेत्रमा अहिले पनि ठुलो वर्षा भइरहेका कारण विवरण सङ्कलनमा कठिनाइ भएको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...