क्रिकेटर सन्दीप लामिछाने क्यानको केन्द्रीय सम्झौतामा नबस्ने

16

काठमाडौँ, ३१ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत् क्यानको केन्द्रीय सम्झौतामा आफू नबस्ने धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले यस निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभइ व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताउनुभएको छ । उहाँले फेसबुक स्टाटसमार्फत् भन्नुभएको छ, “यो छुट्टिनु होइन, बरू विकास र उद्देश्यतर्फको यात्रा हो ।”

सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै आफ्नो क्रिकेट यात्रा र नेपालली क्रिकेटलाई अघि बढाउन क्यानले उल्लेखनीय भूमिका खेलेको भन्दै आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय टोलीप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने बताउँदै उही जोश र समर्पणका साथ नेपालका लागि खेलिरहने बताउनुभएको छ ।

यस विषयमा सन्दीपले क्यानलाई पहिले नै जानकारी गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । उहाँले सन्दीपको विषयमा क्यानले छलफल गरी छिट्टै नै निर्णय सार्वजनिक गर्ने बताउनुभयो ।

सन्दीप केन्द्रीय सम्झौताअन्तर्गत क्याटेगोरी ‘ए’ मा समावेश हुनुहुन्थ्यो । यो क्याटेगोरीमा समावेश खेलाडीले क्यानबाट मासिक एक लाख प्राप्त गर्दै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...